Comments Add Comment

ए डिभिजन लिगमा पहिलो हाफसम्म पुलिस १-० ले अघि, अजिजको गोल

२५ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो हाफसम्म विभागीय टिम नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबविरुद्ध अग्रता बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा पहिलो हाफस सकिदासम्म पुलिसले जावलाखेलविरुद्ध १-० गोलको अग्रता बनाएको हो ।

खेलको २०औं सन्तोष हेमरुनले प्रहार गरेको बल जावलाखेलका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि पुलिसले अग्रता बनाउनबाट चुकेको थियो । खेलको ३१औं मिनेटमा अजिज भण्डारीले गोल गर्दै विभागीय टिम पुलिसलाई अग्रता दिलाए । उनले तेज तामाङको पासमा गोल गरेका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment