+
+
Shares

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, १५ भन्दा बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १०:४८

२६ असोज, काठमाडौं । नुवाकोटको  सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको  बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना हुँदा १ महिला र एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । तीमध्ये अवस्था गम्भीर भएका ५ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बस गणेशस्थानको छेरी खोलामा अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?