Comments Add Comment

नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, १५ भन्दा बढी घाइते

२६ असोज, काठमाडौं । नुवाकोटको  सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी घाइते भएका छन् ।

समुन्द्रटारबाट त्रिशूलीतर्फ गइरहेको  बा१ ख ६३५६ नम्बरकाे यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना हुँदा १ महिला र एक वृद्धको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । तीमध्ये अवस्था गम्भीर भएका ५ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बस गणेशस्थानको छेरी खोलामा अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घटनास्थल फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment