Comments Add Comment

वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियोः प्रचण्ड

२६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने बताएका छन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’

ओली सरकारको प्रशंसा

प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले । विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।

१०÷११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने सहमति भएको भन्दै उनले भने, ‘भारतसँग हाम्रो सम्बन्धका दृष्टीले यो पटक महत्वपूर्ण समझदारी भए । कार्यान्वयन पनि हुन थाले, जसले नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार भएको छ ।’

प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको उनले बताए । यसले नेपालको परिभाषा नै फेरिएको भन्दै प्रचण्डले भने, वामपन्थीहरुको सरकार आएर केही पनि भएन भन्नेहरुले यसबारे गहिरो गरी सोच्नुस् ।’

भारत र चीन दुबैतिरबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको भन्दै उनले भने, ‘कनेक्टिभिटीमा महत्वपूर्ण उपलब्धी भएको छ । यसले आउने दिनमा नेपालको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिर्वतन हुने आधार खडा भएको छ ।’

यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उनले बताए । यसतर्फ ध्यान गएको भन्दै उनले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’

विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment