+

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

२०७५ असोज  २७ गते १९:१९ २०७५ असोज २७ गते १९:१९
राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

२७ असोज, बागलुङ । २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो ।

पुलिसविरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । यसअघि बुटवलमा भएको उन्नाइसौँ, इटहरीमा भएको बिसौँ र पोखरामा भएको एक्काइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि पनि एपिएफले नै कब्जा गरेको थियो ।

विजेता एपिएफले उपाधिसहित ५० हजार प्राप्त गरेको छ । उपविजेता पुलिसले रु ३० हजारसहित ट्रफी प्राप्त गर्यो । प्रतियोगितामा प्रदेश नं. ५ लाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान प्राप्त गर्दै रु २० हजार प्राप्त गरेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा बागलुङको गलकोटमा पाँच दिनसम्म चलेको प्रतियोगितामा तीन विभागीय र ६ प्रदेश टोली गरी नौ टोलीको सहभागिता थियो ।

प्रतियोगिताबाट उत्कृष्ट १८ र वैकल्पिक ६ गरी २४  खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीलाई राष्ट्रिय टोली तयारीका लागि बन्द प्रशिक्षणमा राखिने नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय