Comments Add Comment

नेदरल्यान्ड्ससँग जर्मनीको लज्जास्पद हार

२८ असोज, काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले नेदरल्याण्डसँग ३-० गोलको लज्जास्पद हार ब्यहोरेको छ ।

आइतबार विहान नेसन्स लिग फुटबलअन्तर्गत समूह ए वानको खेलमा जर्मनीले नेदरल्यान्ड्ससँग पराजित हुदै महत्वपूर्ण तीन अंक गुमाएको हो ।

नेदरल्यान्ड्सको जितमा जोडी भर्जिल, भान डिजिक र जर्जिन्हो विजनाल्डमले गोल गरे । नेदरल्यान्ड्सविरुद्ध जर्मनी निरिह बन्यो । ६० प्रतिशत बल नियन्त्रणमा राखेपनि जर्मनीले गोल गर्न भने सकेन । खेलको ३० औं मिनेटमा भान डिजिकले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलले अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ८६ औ मिनेटमा डिपेले गोल २-० गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा जर्जिन्होले गोल गर्दै जर्मनीविरुद्ध नेदल्यान्ड्सलाई ३-० गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment