Comments Add Comment

कथा सुनाउने केटी

महिना दिनदेखि फेसबुकमा एउटा नयाँ केटी आएकी थिई , साथी बन्न । अजिवकी छे त्यो केटी । साहित्यको पारखी भन्छे आफूलाई । हुन त म पनि अलिअलि कथा कविता लेख्ने भएकोले उसको साहित्य परखको नजरअन्दाज गर्न सक्दिनँ । भन्छे र्, राईटर म तपाईको ठूलो फ्यान हुँ ।’

अलिकति हाँसोमिश्रित प्रतिक्रिया दिएँ उसलाई ।

अरे यार म अप्रकाशित राइटरको कसरी फ्यान बन्न सक्छौ तिमी ? जब म स्वयं मेरो आफ्नो लेखाइको फ्यान बन्न सकिरहेको छैन !

तपाईको स्टाटस नै काफी छन् । तपाईको स्टाटसमा भएका कथा कविताका स–साना टुक्राबाट प्रभावित भएर मैले पनि थोरै लेख्न सक्ने भएकी छु । भलै मेरा लेखाइका ती कुराहरू कथा कविता बन्न नसक्लान् । शरीरमा बिझेको काँडो निकालेझैँ प्रतित हुँदोरहेछ राईटर , मनका भावनाहरूलाई कागजमा उतार्दा । विभिन्न अनलाइन पत्रिका र ब्लगमा भएका तपाईका रचना नछुटाई पढ्छु ।”

“त्यसैले त म भन्छु । म तपाईको ठूलो फ्यान हुँ ।

सायद यति भन्न मलाई छुट पनि छ ।”

फेसबुक स्टाटसमा लाईक कमेन्ट गर्ने उसले त्यसो नगरी सोझै इन्बक्समा पठाएकी थिई ।

यो त अत्ति भो क्या , राइटर !

आई एम जेलस फर योर राइटिङ ह्याविट ।

सो , तपाईसँग जेलस भएर आज मैले पनि एउटा कथा लेखेँ ।

“आहा ! यो त अत्ति राम्रो ंभयो नि ।” उसको प्रशंशा गर्दै भनेँ ।

“के राम्रो हुनु नि ?तपाईको जस्तो भाषामा दख्खल छैन मेरो । तपाईजस्तो राईटर नभएपनि नेपाली कथा उपन्यास पढ्न खुब मन पर्छ ।”

उसका यी कुराले उ स्वयं एक असल पाठक हो भन्ने कुरामा दुईमत छैन । मलाई विश्वास छ , उसको साहित्यप्रतिको अभिरुचिले निरन्तरता पाउने हो भने उ पनि एक सशक्त नारी हस्ताक्षरको रुपमा स्थापित हुनेछे एकदिन । ऊ नेपाली आख्यान साहित्यको जर्वजस्त पाठक हो यो अर्थमा कि , उसले नेपाली साहित्य बजारमा उपलब्ध चर्चित आख्यान तात्तातै पढ्ने गर्छे । सायदै पढ्लान यति छिटो यत्ति धेरै पुस्तक लेखक साहित्यकारले पनि ।

“पुस्तक मन पर्‍याे भने खस्खस् लाग्छ र उक्त कथा उपन्यासका लेखकसँग गफ गर्न मन लाग्छ ।” भन्ने उसले पछिल्ला प्रकाशित चर्चित किताबको बारे छलफल गर्छे मसँग फेसबुकमा । पुस्तक चर्चा परिचर्चा बहसमा भ्याएसम्म जान्छु भन्छे उसले । साँच्ची नेपाली साहित्यको यो स्तरसम्मको पाठक अरु भेट्न सकेको छैन मैले ।

“अध्यारोसँग बडो बिछट्टै प्यार थियो मेरो ।

उन्ताका एक्लोपनलाई भुलाउन नोकियाको एक्स टु सिरीजको मोवाईलमा च्याटिङ, डेटिङ र मिटिङ गरीयो । त्यतिबेला मोवाईलको उज्यालो भन्दा अरु उज्यालोसँग डिभोर्स दिएको थिएँ जो !

तर आजभोलि समय फेरियो कि कुन्नी , अध्यारोदेखी खुप्पै डर लाग्न थालेको छ । लोडसेडिङको समय उसका प्रेमपत्र जलाएर उज्यालो पारूँ भन्ने लाग्छ ।”

“कस्तो क्या राईटर , कथाको ससाना टुक्राहरू देखाएर म जस्ता तपाईका हजारौँ पाठकहरूलाई किन व्याकुल पार्नुहुन्छ ? किन छट्पटीमा राख्नुहुन्छ राईटर आफ्ना पाठकहरूलाई ? मलाई छिट्टै पुस्तकको रुपमा पढ्न मन छ राईटर तपाईका कथा उपन्यास !”
र्
छिट्टै पुस्तकको रूपमा पढ्न पाउँछौ मेनका !’ मेरो छोटो उत्तरबाट ऊ सन्तुष्ट हुने कुनै संकेत देखिइन ।

कहिलेसम्म आउँछ राईटर बजारमा ?

कुन प्रकाशनबाट प्रकाशित गर्ने राईटर ? उसले जिज्ञासु हुँदै भनी ।

सायद पुस अन्तिमसम्म आउला । प्रकाशकहरूसँग कुरा हुँदै छ ।

सल्लाह, आग्रह र असन्तुष्टि एकैचोटि जाहेर गर्दै भनीर्, जस्तो पायो त्यस्तै र नामै नसुनेको प्रकाशनबाट ननिकाल्नू ! अलिक राम्रो प्रकाशनबाट प्रकाशित गर्नु ।’

हेरौँ के हुन्छ ?

किन हेरौँ हो ? खुरुक्क भनेको मान्नू । राम्रो प्रकाशनसँग कुरा गर्नू, त्यसैबाट प्रकाशित गर्नू ।

उसको दबाबपूर्ण सल्लाहलाई दबाब भन्दिन म । सायद म र मेरो लेखनप्रति ऊ हकदार छे भन्ने लाग्छ ।

मेरो राईटिङ ह्याविटबाट जेलस भएको भन्ने उसले मलाई एउटा कथा सुनाउन कर गर्छे । छिट्टै प्रकाशित हुन्छ । पढ्न पाइहाल्छौ नि भनेर उसलाई थुम्थुम्याउँछु । बरु तिम्रो कथा सुन्ने आज । ऊसँग ढिपी कँस्छु । ऊ पनि किन मान्थी र ? भन्छे , अहँ ! राईटर तपाईको कथा नसुनी मैले मेरो कथा नसुनाउने । फेरि तपाईको जस्तो भाषमा मेरो दख्खल छैन । ठीक छ, पहिले तिम्रो कथा सुन्ने अनि मेरो कथा सुनाउँछु ।

ओके ! ल त्यति राम्रो त छैन तर नराम्रो लागेमा सुनाउन छोड्छु नि बीचमा ।

मेरै जित भयो आखिर । उसले कथा सुनाउने भई । भनेँ र्, कथा आफैमा नराम्रो हुन्न, लेख्ने शैली र भाषाको गठजोडको तादाम्य मात्र मिल्नुपर्छ । ल म तयार छु तिम्रो कथा सुन्न ।’ उसलाई प्रेरित गरेँ उसका कथा सुन्न उसैबाट । ऊ कथा सुनाउन तयार भई ।

ल म सुनाउँछु , के बुझ्नुहुन्छ भन्नुहोला है ।

हुन्छ । छोटो उत्तर दिएँ ।

म हिउँ हुँ भने तिमी मेरो सूर्य हौ । मेरा हर कठ्याङ्ग्रिदो रात तिम्रै प्रतिक्षामा बित्ने गर्छ । बिहान तिम्रो न्यानो स्पर्श पाउने लोभले त्यो मीठो कल्पनामा डुब्दा रातको त्यो सिरेटो पनि मलाई न्यानै लाग्छ । बिहान तिम्रो किरणको स्पर्शले नै म पग्लन्छु , पग्लिएर म हराउँछु । म हराउँछु थाहा छ । तर तिमी मेरो लागि यति प्रिय छौ कि , यो भावनालाई शब्दमा व्यक्त गर्न सक्दिनँ । तिमीद्वारा स्पर्शित हुन पाए पुग्छ मलाई । चाहे, त्यसले मेरो अस्तित्व नै समाप्त नै किन नहोस् !

वाउ ! भेरी नाइस ।

तर एउटा सुन्दर प्रेम कविताझैँ लाग्यो मलाई त ।

भावचाहिँ कविताजस्तै भयो होला, तर मैले त फिक्सन भनेर लेख्या ।

भन्नुस् त के के बुझ्नु भो ? एउटा शिक्षकले पाठ पढाएर आफ्ना विद्यार्थीलाई सोधेझैँ गरी । मानौँ ऊ मेरो शिक्षक, म उसको विद्यार्थी हुँ ।

एउटा प्रेमीप्रति प्रेमिकाले देखाएको आशक्ति ! छोटो उत्तर दिएँ ।

कथाको शीर्षक के ? थाहा छ ?

मलाई उत्सुक बनाउँदै आफै उत्तर दिई, भुपु मायालु ।

शीर्षक अरू नै राख्दा राम्रो होला ! उसलाई सुझाएँ ।

कथा छ पूर्वप्रेमिको अब अर्थाेक शीर्षक राखेर भो त ? झर्किँदै भन्छे ।

कतै आफ्नै व्यक्तिगत कथा त होइन ? भुपु मायालु ! आफ्नै प्रेमकथा त होइन ? उत्सुकताका साथ प्रस्तुत भएँ ।

के तपाइँले लेख्ने तपाईका सबै कथा तपार्इंका हुन त ? प्रतिप्रश्न गरी ।

होइन, तैपनि ।

होइन, होइन । मेरो व्यक्तिगत कथा होइन । आज दिउँसो लेखेकी हुँ मनमनै ।

लेखेकै छैन । छेउ न टुप्पोको के कथा भन्नु ? दिमागमा प्लटमात्र आएको हो क्या । कि त्यही प्लटमात्र सुन्ने ?

के ल्याङ गरिराहोला, सुनाऊ न खुरुक्क ! ठुस्किएँ ।

कत्ति रिसाको के ! तपाईजस्तो मान्छे रिसाउनु हँुदैन राईटर । ल सुनाउँछु । सुन्नुस्, के बुझ्नुहुन्छ अनि भन्नुस् है ! रिसाएको मान्छेलाई फकाउन खप्पिस छे ऊ ।

हवस् । मैले सहमति जनाएँ उसको कुरामा ।

कथा एउटा पढेलेखेकी शिक्षित केटीको हो । उमेर त्यस्तै पच्चीस तीस वर्षजति । ऊ अविवाहित केटी हो । उसले बिहे नगर्नुको एउटा कारण छ । ल भन्नुस् , उसले बिहे किन गरिन होला ?

कथालाई बिचैमा रोकेर उसले प्रश्न गरी मलाई ।

सायद ! योग्य केटा नभेटेर । मैले उत्तर दिएँ ।

होइन । केही अर्थमा हो पनि ।

हो चाहिँ के त ? कि उसले खोजेको योग्यता अनुसारको केटा भेटिन आफ्नो जातमा ? प्रतिप्रश्न गरँे ।

होइन, होइन । किनभने उसको प्रेमीले धोका दिएको थियो उसलाई । जसलाई उसले धेरै माया गर्थी र अरू कसैलाई माया गर्न नसक्ने भएकी थिई ।

हो चाहिँ किनभने कहिलेकाहीँ उसलाई पनि कसैको साथ र मायाको खाँचो भएको महसुस गर्थी र बिहे गरौँ कि कोही योग्य केटासँग भन्ने पनि नसोचेकी होइन तर ……………..”

एकाएक कथालाई रहस्यमा पुर्‍याउँछे मेनकाले । र उक्त रहस्यको पर्दा खोल्छे बिस्तारै ।

ऊ यस्तो केटा चाहन्छे कि जो नेपालमा पाउन एकदम मुस्किल छ ।

जसलाई ऊ आफ्नो कुरा भन्न सकोस् । कुनै बेला पूर्वप्रेमीको याद आए आफ्नो लोग्नेसँग शेयर गरेर रुन सकोस् । कुनै दिन पूर्व प्रेमीसँग कतै जम्काभेट भएमा ऊ त्यतिबेलाको आफ्नो फिलिङ्स आफ्नो लोग्नेसँग शेयर गर्न सकोस् । र यस्ता अफ्ठ्यारा परिस्थितिमा उसको लोग्नेले उसलाई साथ देओस् !

कथाको एउटा प्लट भनिसकेर टक्क रोकिई मेनका , अनि फेरि प्रतिप्रश्न गरीर्, ल भन्नुस् त त्यस्तो केटा पाइन्छ नेपालमा ?’

म जिस्किएँ, मैले गर्छु बिहे ।

जात पनि त मिल्नुपर्‍याे नि । उसले जातको कुरा गर्दा नमज्जा लाग्यो । पढेलेखेकी केटीले त जातको कुरा उठाउँछन् भने अरूको के कुरा होला ?

कुन जातको केटी हो र ?

जातको के कुरा र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment