News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधानका लागि विशेष नीति लागू गर्नुपर्ने बताएका छन्।
- ढकालले कृषि क्षेत्रमा देखिएका समस्याको पहिचान गरी विश्वविद्यालयसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्।
- उनले कृषि औद्योगिकरणमा फोकस गर्नुपर्ने र बाँदर मार्न हचुवाको तालमा बोल्नु नहुने बताए।
२३ वैशाख, काठमाडौं । रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न ध्यानाकर्षण गराए ।
‘बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ । बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्नु हुँदैन,’ ढकालले भने ।
कृषि क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने धारणा उनले राखे ।
‘कृषि क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौँ । त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले फोकस गर्नुपर्छ,’ सांसद ढकालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4