News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले केन्द्रीय सदस्यामा उम्मेदवारी दिएका छन्।
- एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यामा उम्मेदवारी बनाउने निर्णय गरेको छ।
- ढकालले पूँजी बजारलाई सशक्त बनाउन र नयाँ सरकारलाई व्यवसायीका समस्या समाधान जोडदार रूपमा प्रस्तुत गर्ने बताए।
९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले केन्द्रीय सदस्यामा उम्मेदवारी दिएका छन् । ढकालले वस्तुगत तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय समेत गरेको छ । नेपालको पूँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पूँजी बजारलाई सशक्त रुपमा अघि बढाउन उम्मेदवारी दिएको अध्यक्ष ढकालले बताए ।
करिब दुई वर्षदेखि नेपालको पूँजी बजारमा आबद्ध ढकालले जलविद्युत्, होटल, पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । जेनजी आन्दोलनपछि दुई तिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान जोडदार रुपमा प्रस्तुत हुने उनले बताए ।
प्रतिक्रिया 4