Comments Add Comment

ढोका अठ्याउने पुरानो ढुंगा उल्कापिण्ड रहेछ, मूल्य १ करोड !

आफूले घरमा ढोका अठ्याउन प्रयोग गर्दै आएको मामुली ढुंगा त्यति अमूल्य होला भन्ने सायद उनलाई हेक्का थिएन ।

अमेरिकाको मिचिगनका डेभिड माजुरेकले जब घरमा दशकौँ देखि ढोका अठ्याउन प्रयोग गर्दै आएको त्यो ढुंगाको परीक्षण गर्न मिचिगन विश्वविद्यालयमा लगे तब त्यसको नतिजाले उनलाई तिनछक पार्यो । नपारोस् पनि किन ? त्यो ढुंगा त उनलाई करोडपति बनाउने चिज पो रहेछ, जसको मूल्य १ लाख डलर पर्ने रहेछ ।

२३ पाउण्ड तौलको त्यो ढुंगा वास्तवमा उल्कापिण्ड रहेछ । त्यो मिचिगनमा फेला परेको अहिलेसम्मकै छैटौँ ठूलो उल्कापिण्ड हो । फलाम र निकेलबाट बनेको उक्त चट्टान अन्य सामान्य ढुंगाहरुभन्दा नितान्त फरक थियो ।

गत जनवरीमा स्थानीय मानिसहरुले हजारौँ डलरमा उल्कापिण्डका टुक्रा बिक्रि गरिरहेको खबर सुनेपछि उनले आफ्नो घरमा रहेको त्यो ढुंगा पनि परीक्षण गराउनका लागि विश्वविद्यालयको प्रयोगशालामा लगेका थिए ।

विश्वविद्यालयको भूगर्भविज्ञका अनुसार त्यो मौद्रिक तथा वैज्ञानिक रुपमा त्यहाँ प्राप्त भएको अहिलेसम्मकै मूल्यवान चिज हो ।

सन् १९८८ मा एडमोरमा उनले बारी खरीद गर्दा नै त्यो चट्टान प्राप्त गरेका थिए । उनलाई बारी बिक्रि गर्ने किसानले त्यो चट्टान सन् १९३० मा आकाशबाट आफ्नो घरको पछाडि खसेको बताएका थिए । त्यसैले उनले त्यो अनौठो चट्टानलाई घरमा जतन गरी राखेका रहेछन् ।

त्यो उल्कपिण्डमा अरु दुर्लभ तत्वहरु भए नभएको एकिन गर्न थप परीक्षण चलिरहेको बताइएको छ ।

१ लाख डलर अर्थात् १ करोड रुपैयाँ भन्दा बढि मूल्य पर्ने उक्त ढुंगा माजुरेकसँग बाट खरीद गर्ने योजना मेइनस्थित लवण संग्राहलयको छ ।

चट्टान बिक्रिबाट प्राप्त रकम मध्ये केही अंश आफुले विश्वविद्यालयलाई प्रदान गर्ने घोषण माजुरेकले गरिसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment