Comments Add Comment

लागूऔषध कारोबारमा एम्बुलेन्स र ट्याङकर प्रयोग, चारजना पक्राउ

२८ असोज, बुटवल ।  प्रहरीले दुई स्थानबाट गरी ८ ग्राम ७ सय ७० मिलिग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार पछिल्लो ६ महिनायता यो परिमाणको ब्राउन सुगर बरामद भएको सबैभन्दा धेरै हो ।

प्रहरीले देवदहको भलुहीबाट सानु श्रेष्ठको साथबाट ५ ग्राम र विजय तामाङबाट एक ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यी दुईजनाले दिएको सूचनाको आधारमा देवदह ९ का २४ वर्षीय दिलिप पूर्जा पनि पक्राउ परेेका हुन् ।

यस्तै नवलपरासी डेढगाउँ घर भइ बुटवल ११ ढबाहामा बस्ने ३२ वर्षीय प्रदीप भट्टराईबाट २ ग्राम ३ सय ३० ग्राम मिलिग्राम ब्राउन सुगर,एक लाख ४८ हजार रुपैयाँ र २३ हजार ८ सय २० भारु तथा १६ थान मोबाइल सेट बरामद भएको छ ।

भट्टराईले नगद नभएका व्यक्तिसँग मोबाइल धरौटी राखेर पनि लागूऔषध बेच्दै आएको अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए ।

लागूऔषध कारोबारीहरुले एम्बुलेन्स र इन्धन बोक्ने ट्यांकरहरुसमेत प्रयोग गरेर आयात गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले खासै चेकजांच नगर्ने भएकाले लागूऔषध तस्करहरुले सुरक्षित मानेर एम्बुलेन्स र ट्यांकरलाई लागूऔषध ओसारपसारका लागि प्रयोग गर्ने गरेका छन् ।

प्रहरीले रुपन्देहीलाई लागूऔषध कारोबारको टान्जिट प्वाइन्ट मान्दै यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment