Comments Add Comment

वेष्ट इन्डिजविरुद्ध भारत १० विकेटले विजयी

२८ असोज, काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट खेलमा १० विकेटले जित हात पार्दै भारतले २ खेलको टेष्ट क्रिकेट सिरिज क्लीन स्वीप गरेको छ ।

दोस्रो टेष्ट क्रिकेटमा भारतले पाएको ७२ रनको अति सामान्य चुनौती विना विकेट १६.१ ओभरमै भेटाउँदै तेस्रो दिन नै जित हात पारेको छ ।
भारतका लागि लोकेश राहुलले र पृथ्वी शावले अविजित समान ३३-३३ रन बनाए ।

यसअघि आफ्नो दोस्रो इनिङ्स थालेको वेष्ट इन्डिजले खराब प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाएपछि भारतले ७२ रनको सामान्य चुनौति पाएको थियो । वेष्ट इन्डिजका लागि सुनिल अम्बि्रसले ३८, शाइ होपले २८ रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

विना रन १ विकेट गुमाएको वेष्ट इन्डिजले ६ रन हुदा २ विकेट गुमाएको थियो । ४५ रन हुदा ४ विकेट गुमाएको वेष्ट इन्डिजले ७० रन हुदा ६ विकेट गुमाएको थियो ।

वेष्ट इन्डिजको इनिङ्स धराबमा पार्न उमेस यादबले ४ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिए ।

यसअघि पहिलो इनिङ्समा वेष्ट इन्डिजले ३११ रन हुदा सबै विकेट गुमाएको थियो । यता, भारतले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ३६७ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment