Comments Add Comment

दशैंको टीकाका दिन सेनाले काठमाडौंमा ‘निःशुल्क बस सेवा’ दिने, यस्ताे छ रूट

२८ असोज, काठमाडौं । नेपाली सेनाले विजया दशमीका दिन काठमाडौं उपत्यकामा बस चलाउने भएको छ ।

दशैंको टीकाका दिन काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन न्यून मात्रामा चल्ने भएकाले यात्रुको सहजताका लागि बस सेवा दिने निर्णय भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बस सेवाको सैनिक तथा गैह्र सैनिकले लाभ सक्ने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सेनाका अनुसार टीकाका दिन ८ वटा रुटहरुमा विहान ७ बजे, ११ बजे, दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको एक/एक वटा बस निःशुल्क सञ्चालन हुनेछन् ।

यी हुन् सेनाले बस चलाउने रुटहरुः

(क) रुट नं.१- भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

(ख) रुट नं.२- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

(ग) रुट नं.३- भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी -अस्पताल), ताहाचल, टेकु, थापाथली ।

(घ) रुट नं.४- भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

(ङ) रुट नं.५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

(च) रुट नं.६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

(छ) रुट नं.७- भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

(ज) रुट नं.८- भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment