+

पोल्यान्डमाथि इटालीको कठिन जित

२०७५ असोज  २९ गते ८:०४ २०७५ असोज २९ गते ८:०४
पोल्यान्डमाथि इटालीको कठिन जित

२९ असोज, काठमाडौं । युएईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्यान्डमाथि कठिन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा इटालीले पोल्यान्डलाई १–० गोलले पराजित गरेको हो । पोल्यान्डलाई पराजित गर्न इटालीलाई निकै मुस्किल भएको थियो । इटालीलाई जित दिलाउन क्रिष्टियानो बिराघीले गोल गरेका थिए ।

एकपछि अर्को आक्रमक खेल खेलेको इटालीविरुद्ध पोल्यान्डले रक्षात्मक खेलेको थियो । तर अन्तिम समयमा भने पोल्यान्ड चुक्यो । दुवै टिमले पहिलो हाफसम्म भने गोलरहित बराबरी खेलेका थिए ।

खेलको अतिरिक्त समयमा बिराघीले गोल गरेपछि इटालीले जित हात पारेको हो । समूह ए को थ्री मा रहेको इटालीको ३ खेलबाट ४ अंक भएको छ । यो समूहको शीर्ष स्थानमा भने पोर्चुगल रहेको छ । पोल्यान्ड भने १ अंकको साथमा पुछारमा छ ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय