Comments Add Comment

नेपाललाई चार नयाँ हवाई रुट दिने सहमतिबाट पछि हट्यो भारत

२९ असोज, काठमाडौं । नेपाललाई थप चार हवाई रुट दिने निर्णयबाट भारत पछि हटेको छ ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् ।

नेपालले नेपालगञ्ज, धनगढी, भैरहवा, विराटनगर, र जनकपुरबाट पनि रुट मागेको छ ।

थप नयाँ हवाई रुट दिने विषयमा नागरिक उड्यन प्राधिकरण र भारतीय एयरपोर्ट प्राधिकरण (एएआई) बीच २ असोजमा काठमाडौंमा हस्ताक्षर भएको थियो । यो सहमतिलाई अन्तिम रुप दिन नागरिक उड्डयन प्राधिकरणले प्राविधिक निर्देशक दीपक बरालको नेतृत्वमा ५ सदस्यीय टोली दिल्ली पठाएको थियो ।

तर, भारतीय पक्ष सहमतिबाट पछि हट्दै तटस्थ बसेको प्राधिकरणका निर्देशक संजिव गौतमले अनलाइखबरलाई जानकारी दिए । भारतीय प्राविधिक टोलीले नयाँ दिने भनिएका रुटमा सैनिक क्याम्प परेको र त्यसैमा ‘सैन्य सुरक्षा’को कारण देखाउँदै निर्णय गर्न नसकिने भनेको महानिर्देशक गौतमले बताए ।

‘प्राविधक टोली यसै फर्किएको छ, अब यो प्रक्रिया मन्त्रालय वा माथिल्लो तहबाहेक प्राविधिक टोलीबाट सम्भव देखिँदैन’ उनले भने ।

काठमाडौंमा भएको छलफलअनुसार दुवै देशका प्राविधिक टोलीमार्फत आउँदो सेम्टेम्बरमा उडान सुरक्षा मूल्याकंन टुंगो लगाउने भनिएको थियो ।

यसअघि सन् २०१० र २०१६ मा पनि यस किसिमको छलफल भएको थियो तर, त्यसअघिका छलफलहरु पनि टुंगोमा पुग्न सकेका थिएनन् । सुरक्षाको कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन अस्वीकार गर्दै आएको छ ।

भारतले विभिन्न बोर्डरमा सैनिक क्याम्प रहेको र त्यहाँको सुरक्षामा अफ्ठ्यारो पर्ने बताउँदै आएको छ ।

सरकारले भने आगामी आर्थिक वर्ष २०७५/७६ मा बिराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ ।

नेपालमा अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथामाथिबाट आउँछ ।

भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग नेपालको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment