Comments Add Comment

युएईमा एक नेपालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए ।

नायकले जनाएअनुसार रुद्र र उनी आइतबार राती १२ बजेसम्म सँगै थिए। त्यहाँबाट छुटेको दुईघण्टापछि रुद्रले आत्महत्या गरेको खबर धर्मलाल समक्ष आयो । उनका अनुसार राति २ बजेतिर रुद्रले आत्महत्या गरेका हुन् ।

ढकाल पछिल्लो पटक छुट्टीमा नेपाल गएर युएई आएको १५ महिना भएको थियो ।उनले जागिरप्रति असन्तुष्ट रहेको बताउने गरेको नाताले भिनाजु पर्ने शान्तिराम भट्टराईले बताए।

उनले भने, ‘१५ घण्टा काम गर्नुपर्ने र तलव सुविधा थोरै भएको कुरा सुनाउँथे। पारिवारिक समस्या त केही थिएन।तर केहीँ दिनदेखि साथीहरुसँग ‘अब केही दिन हो तिमीहरुसँग मेरो कुरा हुने’  जस्ता कुरा गर्थे ।’

ढकालका एक छोरा, एक छोरी र श्रीमती छिन् । उनको शव पोष्टमाटमका लागि प्रहरीले लगेकq छ।शव नेपाल फर्काउन नेपाली दूतावाससँग समन्वय भइरहेको मृतकका छिमेकी निश्चल भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment