Comments Add Comment

टेक्ससमा नेपालका पूर्वराष्ट्रिय खेलाडी तुलाधर सम्मानित

अमेरिका/अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मानित भएका छन् ।

उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ । बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गतवर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल भकुण्डो टोली बिजेता बनेको थियो ।

उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो ।

प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यसैगरी ३५ वर्ष भन्दामाथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ ।

उपबिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ ।

उक्त खेलमा गोल रहित भएपछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने राष्ट्रिय भकुण्डो खेलाडीलाई सम्मान गर्ने भएकोले यस वर्ष  पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर गरिनुको साथै तुलाधर नै प्रमुख अतिथि रहेका थिए ।

सन् २०१० देखि नै न्यूयोर्कमा बसोबास गर्दै आएका तुलाधरले आफू राष्ट्रिय भकुण्डो टोलिमा सन् २००३ मा सहायक कप्तान रहेको बताए । उनी सिड्नी ओलम्पिकमा टोली प्रमुख थिए भने राष्ट्रको लागि ९ वर्षसम्म निरन्तर खेले ।

सम्मानित भएपछि विदेशी भूमिमा युवा पिढीले सम्मान गरेकोमा हर्ष लागेको बताए । आयोजकलाई आफूले जानेको कुरा, सिकेको कुरा र अनुभव बारेमा सहयोग चाहेमा आफू सदैव युवा खेलाडीहरुका लागि सहयोग गर्ने बचनबद्धता दिएका छन् ।

तुलाधरले आफूलाई देशले ठूलो लगानी गरेको तर भकुण्डो पदाधिकारीहरुको व्यक्तिगत स्वार्थ र  राजनीतिका कारण विदेशिनु परेको बताए ।

साथै मातृभूमि, खेलाडी र खेलप्रेमीहरुलाई आफूले सदैव माया गर्ने बताए । यहाँ बसेर पनि देशलाई केही सहयोग गर्नु परेमा आफू तत्पर रहेको तुलाधरले बताए ।

साथै ड्यालस गोर्खाज क्लबलाई धन्यबाद दिदै  प्रगतिको शुभकामना दिएका छन् । ड्यालस गोर्खाज फुटबल टोलीका खेलाडी तथा प्रतियोगिताका संयोजक बिनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गरेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।

गत वर्ष छैठौ दशैं कप फुटबल प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो ।

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडि खेलाइने उक्त प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment