३० असोज, काठमाडौं । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
दुर्घटनामा सल्लेकै ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सल्लेबाट सफा गर्नका लागि मूलखोला आउँदै गरेको बा३ख ७४६१ नम्बरको गाडी अनियन्त्रित भइ सडकभन्दा करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका ८ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन् । जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ । सो गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।
प्रतिक्रिया 4