Comments Add Comment

यी कुरा किन विवाहपछि पनि परिवर्तन हुँदैन ?

हुन त दशैंको मौसम छ । यही मेसोमा कतिपय नयाँ ससुराली जाँदैछन् । कतिले हालसालै विवाह गरेका छन् ।

विवाह गरेपछि दुई फरक पृष्टभूमीका युवा र युवती आपसमा ‘दम्पती’ हुन्छन् । जब दाम्पत्य जीवन सुरु हुन्छ, तब पहिलेको जस्तो मनोमानी चल्दैन । सम्बोधनमै हामी भन्छौं, ‘विवाह बन्धन ।’ यो जिम्मेवारीको वन्धन हो । यसलाई एकअर्काले गर्ने नियन्त्रणको रुपमा बुझ्नु हुँदैन । आफुले आफैलाई थप जिम्मेवार भएको अनुभूत गर्नुपर्छ ।

जब विवाह गरिन्छ, तब जीवनको लय फरक गतिमा दौडन थाल्छ । जीवनको धुन फरक ध्वानीमा गुञ्जन थाल्छ । त्यसैले विवाह पछि र अघिको कुरा एकनास रहँदैन ।

तर, विवाह लगत्तै सबैकुरा फेरिन्छ भन्ने होइन । कतिपय कुराहरु क्रमिक रुपमा बद्लिदै जाने हो । एकअर्कालाई क्रमिक रुपमा बुझ्दै जाने हो । एकअर्काको भावना, चाहाना, इच्छा, आंकक्षा बुझेर विवाह लगत्तै आफुलाई परिवर्तन गर्न सकिन्छ भन्ने छैन ।

विवाहपछि के होला ?

विवाह पछिको जीवन कस्तो होला भन्ने खुल्दुली सबैमा हुन्छ र उनीहरु विवाह अघि नै भविष्यका योजनाहरु बनाउन थाल्छन् ।

अझै विशेषगरि विवाहको तयारीमा भएका युवायुवतीहरुले त झनै विवाह पछिको जीवनको बारेमा धेरै सोच्ने गर्छन् । जिन्दगी सहज र सुन्दर होस् भन्ने सबैको चाहना हुन्छ ।

हामीमध्ये धेरैजसो मानिसले विवाह पछि जिन्दगीमा हुने परिवर्तनको बारेमा कुरा गर्छौं । अहिले विवाहलाई लिएर मानिसहरुको विचार धेरै नकरात्मक छ । जब विवाह गर्ने कुरा आँउछ हामी सँधै अनुमान लगाउन थाल्छौं कि विवाहपछि सबैकुरा परिवर्तन हुन्छ ।

तर, यस्ता केही चीजहरु पनि छन् जसले तपाईंलाई सबैभन्दा कठिन समयमा पनि समस्याहरुसँग लड्न मद्दत गर्छ । यसैले विवाह गर्ने योजना बनाउँदा तपाईंले चिन्ता गर्नु पर्दैन ।

आउनुहोस् जानीराखौं विवाहपछि पनि तपाईंको के के कुरा पहिले जस्तै हुन्छः

तपाईंको व्यक्तित्व

विवाह गर्नाले तपाईंको व्यक्तित्वमा अचानक परिवर्तन आँउदैन । विवाहले तपाईंको गुण र स्वभावमा खासै परिवर्तन आँउदैन । विवाह गरेपछि पनि तपाईंको जीवनसाथी र तपाईं पहिले जस्तै रहनुहुन्छ ।

अचानक जीवन सुन्दर हुँदैन

यदि तपाईंले विवाह पछि जीन्दगी पूर्णरुपमा परिवर्तन हुन्छ र सबैकुरा सुन्दर हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । विवाहले मानिसको जीवनमा धेरै परिवर्तन त ल्याउँछ तर विवाह गर्नासाथै तुरुन्तै तपाईंको जिन्दगीको कठिनाइ हट्छ र जीवन सुखद हुन्छ भन्ने हुँदैन ।

तपाईंको बानी

यदि विवाह पछि साथीहरुसँगको सम्बन्ध परिवर्तन हुन्छ भन्ने तपाईंलाई लाग्न सक्छ तर वास्तवमा यस्तो हुँदैन । साथै तपाईंको आमा र बुबा, अरु परिवारका सदस्यहरुसँग तपाईंको सम्बन्ध उस्तै रहन्छ जस्तो यो पहिले थियो ।

तपाईंको परिपक्वताको स्तर

धेरै मानिसहरुले विवाहपछि तपाईं धेरै परिपक्व हुनुहुन्छ भन्ने सोच्छन् तर, यो सत्य होइन । तपाईंको सोच्ने तरिकामा थोरै परिवर्तन आउन सक्छ तर यसको परिपक्वतासँग कुनै लेनदेन हुँदैन ।

जीवनको समस्याहरु

यदि तपाईंलाई विवाह चामत्कारिक चीज हो भन्ने लाग्छ र यसैले विवाह सबै समस्याहरु समाधान हुन्छ भने तपाईंले यसबारेमा फेरि सोच्नुपर्छ । तपाईंको जीवनका समस्याहरु जँहा थिए त्यँही रहन्छन् । विवाहपछि केवल अन्तर यति हुन्छ कि तपाईं पहिले अविवाहित हुनुहुन्थ्यो अहिले विवाहित हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment