Comments Add Comment

गज्जबको बर्दिया ! थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्म

बर्दिया, पश्चिम तराईको एक जिल्ला । यस जिल्लाको गरिमा हो, बर्दिया राष्ट्रिय निकुन्ज । बन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य !

त्यहाँ के छैन ?

पाटेबाघ छ । एक सिंगे गैडा छ । हात्ति छ । विश्वबाटै लोप हुँदै गएका यी जीवजन्तुको सुरक्षित आश्रयस्थल हो, यो । त्यसो त यो तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र पनि हो । आगन्तुकलाई लोभ्याउनका लागि यहाँ थरीथरीका बन्यजन्तु छन्, जो नांगो आँखाले अवलोकन गर्न सकिन्छ ।

त्यसो त बर्दियामा पुगेपछि बन्यजन्तुसँग मात्र साक्षतकार गरिदैन, स्थानिय थारु समुदायसँग एकाकार पनि हुने मौका मिल्छ । उनीहरुको रहनसहन, बसोबास, कला संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । रमाइलो त के भने, उनीहरुले आगन्तुकलाई लक्षित गरेर होमस्टेको व्यवस्था गरेका छन् । यी होमस्टेमा निश्चित शुल्क बुझाएर पाहुना बन्न सकिन्छ । रैथाने स्वाद लिन पाइन्छ ।

स्थानीय थारु जातिको आतिथ्य उत्तिकै मिठो । आगन्तुकलाई फूल माला लगाइदिएर स्वागत गर्ने परम्परा छ, उनीहरुको । त्यसपछि उनीहरुकै चुल्होमा पाक्ने मिठो-मसिनो ख्वाउँछन् । त्यतीले मात्र पाहुनाको मन कहाँ अघाउँछ ? थारु कला संस्कृति हेर्नै पर्‍यो । यसका लागि उनीहरुको जाँगर हराएको छैन । आगन्तुकलाई हरेक साँझ आफ्नो कला संस्कृति पस्कनका लागि तैनाथ हुन्छन् ।

सुनाइहालौं, थारु समुदाय मा दशैं तथा माघी पर्वमा नाचिने थरीथरीका नाच प्रचलित छन्, जस्तै छोक्रा नाच, सखिया नाच, झुम्रा नाच र लाठि नाच ।

घना जंगल र लोपोन्मुख जनावरको रेखदेख गर्दै आगन्तुकलाई पनि उत्तिकै हार्दिकतापूवर्क स्वागत गर्ने थारु समुदायले त्यस क्षेत्रलाई लोभलाग्दो बनाएका रहेछन् ।


भिडियो हेर्नुस्


फोटोः नेपालएइट्थ वन्डर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment