Comments Add Comment

सरोजको सफलता, गीतमा करोड क्लवको ह्याट्रिक

पहिले र अहिले गीतको ट्रेन्ड उस्तै छैन । पहिले गीत सुनिन्थ्यो । अहिले हेरिन्छ । पहिले गीत रेकर्ड गराए पुग्थ्यो । अहिले भिडियो पनि बनाउनुपर्छ । किनभने जमाना युट्युबको छ । कुन गीत कति हिट भयो भनेर नाप्ने ब्यारोमिटर पनि हो युट्युब । यसरी मापन गर्दा सरोज ओली पनि ‘हिट गायक’को सूचीमा पर्छन् ।

उनका थुप्रै गीत छन् । तर, तीन गीतले युट्युबमा तहल्का मच्याएको छ । तिमीलाई देखेपछि, जताजता पिरतीको बाटो र माछीले खाने खोलीको लेउ गीतले युट्युबमा करोड-करोड भ्युज बटुलेको छ ।

रोमान्टिङ शैलीका यी गीत युट्युबमा हिट भएपनि सरोजको चिनारी भनेको ट्राफिक गीतमा छ । सडक अनुशासनबारे गएको गीतबाटै गायकीको चिनारी बनाएका हुन् उनले ।

कसरी हिट भए यी गीत ?

युट्युबमा देखिने ‘भ्युज’लाई आधार मानेर गीतको लोकप्रियता नाप्ने हो भने, सरोजको तीन वटा गीत सर्वाधिक हिट सूचीमा राख्न सकिन्छ । यी गीत कसरी हिट भए त ?

गीत हिट हुनका लागि श्रोताले रुचाउनुपर्छ । सुन्दा मिठास हुनुपर्छ, जनजिब्रोमा रसाउने हुनुपर्छ । यी भए सामान्य कुरा । त्यसबाहेक अहिले गीत हिट बनाउनका लागि अरु फन्डा पनि चाहिन्छ । सरोज यस्ता कुरामा एक कदम अगाडि नै छन् ।

उनको गीत यसै राम्रो छ, सुनिरहुँ लाग्ने । त्यसबाहेक गीतमा उनले मेलिना राई लगायतको स्वर पनि मिसाइदिएका छन् । म्युजिक भिडियोमा कार्टुन्ज क्रु, पि्रयंका कार्की आदिलाई फिचरिङ गराएका छन् । कविराज गहतराजलाई कोरियोग्राफी गराएका छन् । गीत बसन्त सापकोटाले संगीत गरेका छन् । दिनेश थपलियाले लेखेका छन् । सरोज भन्छन् पनि, ‘गीत हिट हुनुमा मेरो समग्र टिमलाई श्रेय जान्छ । त्यो मेरो एक्लो प्रयासबाट मात्र भएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment