Comments Add Comment

पाँच बलिउड अभिनेत्री, जसले सार्वजनिक स्थानमा दुर्व्यवहार झेले

सार्वजनिक ठाउँ, चाहे त्यो कुनै गल्ली होस् वा बस, महिलाहरुमाथि कुनै न कुनै किसिमको दुर्व्यवहार भइरहेकै हुन्छ । कतिले घुरेर हेर्छन्, कतिले जिब्रो पड्काउँछन्, कतिले धकेल्छन् । यस्ता दूव्र्यवहारप्रति सबैले आवाज उठाउँदैनन्, प्रतिकार गर्दैनन् । किनभने पाइला-पाइलामा झेल्नुपर्ने समस्यासँग जुध्नुभन्दा चुपचाप हिँड्नुमै उनीहरुले आफ्नो कल्याण ठान्छन् ।

यस्तो दुर्व्यवहारआम युवतीहरुको साझा पीडा हो । तर, अगाडि-पछाडि अंगरक्षक राखेर हिँड्ने सेलिब्रेटीहरु समेत यस्ता दुर्व्यवहारको शिकार हुनुपरेको छ । कुरा बलिउड अभिनेत्रीहरुको हो । अहिले यस्ता कृत्य बिरुद्ध विश्वव्यापी अभियान नै छेडिएको छ, मि टु । यसमा बलिउडकर्मीहरुको असली रुप उदांगो बनाइरहेका छन् । थुप्रै बलिउड सेलिब्रेटी (अभिनेत्री, मोडल, गायिका)ले आफुमाथि भएको दुर्व्यवहारको पोल खोलिरहेका छन् ।

यहाँ यस्तै दुर्व्यवहार झेलेका पाँच अभिनेत्रीको प्रसंग दिइएको छ ।

क्याटरिना कैफ

क्याटरिना कैफ, जो अहिले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को कारण चर्चामा छिन् । आमिर खान स्टारर फिल्म दिपावलीको छेक पारेर सार्वजनिक हुँदैछ । उनै क्याटरिना कोलकाटामा एक दुर्गा पूजामा सहभागी हुन पुगेकी थिइन् । घटना सन् २००५ को हो । उनलाई देख्नसाथ त्यहाँ थामिनसक्नु भिड लाग्यो । सुरक्षाकर्मीले भिडबाट उनलाई जोगाउने प्रयास त गरिरहेका थिए, तर भिडले उनलाई दुर्व्यवहार गरे ।

अनुष्का शेट्टी

अनुष्का शेट्टी, जो ब्लकबस्टर फिल्म ‘बाहुबली’की देवसेनाको रुपमा बढी चर्चित छिन् । उनै देवसेना अर्थात अनुष्कामाथि दुई बर्षअघि सार्वजनिक स्थानमै दुर्व्यवहारर भयो । उनी भगवानको दर्शनका लागि तिरुमाला मन्दिर पुगेकी थिइन् । उनलाई भिडले घेराबन्दीमा पार्‍यो । उनीसँग फोटो एवं सेल्फी खिच्न थाले । त्यसक्रममा कतिपयले उनलाई छुने, धकेल्ने प्रयास गरे ।

सुष्मिता सेन

सुष्मिता सेन अहिले लाइमलाइटमा छैनन् । यद्यपी उनी आफ्नो जमनाकी हिट अभिनेत्री हुन् । उनै सुष्मिता पनि सार्वजनिक स्थानमा दुर्व्यवहारमा परेकी छिन् । त्यो पनि एक पटक होइन, पटक पटक ।

पुणेको एक ज्वेलरी स्टोरको उद्घाटनमा गएकी सुष्मिताले दूव्र्यवहारको सामना गर्नुपरेको थियो । त्यसबेला उनलाई युवाहरुले जबरजस्ती छुने प्रयास गरेका थिए ।

सोनाक्षी सिन्हा

‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्, जसको अधिकांश फिल्म सुपरहिट छ । ९० केजीको शरीरलाई  ३० केजी घटाएर सलमान खानको फिल्म ‘दबंग’मा अनुबन्धित भएकी सोनाक्षीले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । उनै सोनाक्षी कतिपय स्थानमा भने दुर्व्यवहारको शिकार भएकी छिन् ।

कुरा सन् २०१० को हो । एक इभेन्टका क्रममा उनलाई ठूलो भिडले छोपिहाल्यो । घटना दक्षिण मुम्बईको गान्धी मैदानमा भएको हो । भिडले छुने, धकेल्ने गरेपछि उनी रोएकी थिइन् ।

सोनम कपूर

बलिउडकी ‘स्टाइल आइकन’ मानिन्छ, सोनम कपूरलाई । अनिल कपूर पुत्री सोनमले यसैबर्ष विवाह पनि गरिन् । यो प्रसंग चाहि विवाह अघिको हो ।

फिल्म ‘रांझणा’को प्रमोशनका लागि उनी देश दौडाहमा निस्किएकी थिइन् । त्यही बेला उनीमाथि युवाहरुको भिडले दुर्व्यवहार गर्‍यो । त्यसबेला उनका को-स्टार धनुष (रजनीकान्तका छोरी ज्वाई)ले उनलाई भिडबाट छलेर बाहिर निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment