Comments Add Comment

मूर्ति विसर्जनका बेलामा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु

४ कात्तिक, कपिलवस्तु । कपिलवस्तकोे कृष्णनगर बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

साँझ ५ बजेदेखि कफ्र्युर् लगाएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले भारतीय सीमा क्षेत्रको बजार कृष्णनगर बजार क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न ५ बजेदेखि कर्फ्यु लगाएको जानकारी दिए ।

कृष्णनगर बजार क्षेत्रमा वडा दशैंको दुर्गा पुजा मूर्ति विसर्जन गर्ने बेलामा स्थानीय समुदायबीच भएको विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फ्यु लगाउनु परेको उनको भनाइ छ ।

आइतबार साँझ ५ बजेदेखि कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फुयु लगाउने निर्णय गरेकेा हो ।

कर्फुको समयमा कसैलाई पनि घर बाहिर ननिस्कन, आवत जावत गर्न, भेला हुन, जुलुस निकाल्न तथा हुलदंगा गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment