Comments Add Comment

यस्ता साथी-संगतले तपाई  हुनुहुनेछ निरोगी 

यतिबेला सिनेमाघरमा खगेन्द्र लामिछाने स्टारर ‘जय भोले’ प्रदर्शनमा आएको छ, जसको मुलकथा भनेको मित्रता हो । अर्थात फिल्मले साथीको सम्बन्धबारे कथा भन्छ ।

साथी अर्थात मित्रताको सम्बन्धमा हाम्रो समाज निकै उदार छ । समाजले यस्तै मित्रतालाई बलियो बनाउन मितेरी प्रथाको विकास गरेका थिए । साथी वा मित्रताबारे विभिन्न कथाहरु रचना गरिए । कृष्णजी र सुदमाको आदर्श कथाले पनि मित्रताको महत्व दर्शाउँछ ।

साथीको अर्थ आफैमा वृहत, आयमिक छ । साथी, जो आवश्यक्ता परेको बखत हामीलाई साथ दिन्छ । सुखमा साथ दिन्छ, दुखमा हात दिन्छ । एकपटक सोच्नुहोस् त, तपाईंसँग यस्ता साथी कति छन् ? अथवा तपाईंको साथी सर्कलमा यस्ता साथीहरु को को छन् ?

साथी त धेरै होलन् । कार्यलयका साथी होलान् । विद्यालयका साथी होलान् । टोलका साथी होलान् । व्यवसायका साथी होलान् । तर, यी साथीहरुसँग हामी कुनै न कुनै स्वार्थले जोडिएका हौ । किनभने निस्वार्थ जोडिएका साथीहरु हामीसँग एकाध मात्र होलान् ।

भनिन्छ, तपाईंसँग जति धेरै साथीहरु छन्, उत्तिनै जीवन सहज हुन्छ । सुखमय हुन्छ ।

कतिसम्म भने, चिन्ता, तनाव वा डिप्रेसनजस्तो समस्याबाट टाढा रहनका लागि पनि साथीको खाँचो हुन्छ । अर्को महत्वपूर्ण कुरा, तपाईंसँग कति धेरै साथी छन् ? यसले तपाईंको जीवनमा खास अर्थ राख्दैन । बरु तपाईंसँग कस्ता साथी छन् ? यसले तपाईंको जीवनमा विशेष अर्थ राख्छ ।

साथीको अर्थ र महत्व

भनिन्छ, आवश्यक परेको बेला काम लाग्ने साथी नै असल साथी हो । नहोस् पनि किन ? आखिर त्यो साथी नै त हो, जोसित हामी सुखदुखका कुरा गर्छौ । हाम्रो मनको व्यथा सुनाउछौ । हँसीमजाक गर्छौ । रुन्छौ , हास्छौ । आफ्नो मनको पिडा बिसाउँछौ ।

त्यसैले त , समाजमा पनि साथीभाईको विशेष स्थान रहेको हुन्छ ।

साथीको संगत र हाम्रो स्वास्थ्य

साथीभाईका सम्बन्धमा हालै अमेरिकामा गरिएको एक शोध अनुसार पारिवारिक वातावरण, असल घरछिमेक तथा साथीभाईबीच रहने व्यक्तिहरुमा स्वस्थ रहने सम्भावना ५० प्रतिशतसम्म बढ्ने गरेको पाइएको थियो ।

नतिजा अनुसार कम साथी हुनु भनेको स्वास्थ्यका लागि त्यत्ति नै हानीकारक हो जति की रक्सीले मातिनु वा दिनमा १५ वटा सम्म चुरोट पिउनु  ।

बिघ्रम योङ युर्निभसिटीको टिमले १५० अलग अलग अध्ययनको आकडा निकालेर यो निष्कर्षमा पुगेको थियो । अध्ययन सोशल नेटवर्क र मानिसको बाच्ने आधारसित सम्बन्धित थियो ।

सामाजिक पृष्टभूमी भएकाहरुको लामो आयु

यो शोधमा सात वर्षको अवधीमा विभिन्न महादीपका विभिन्न पृष्ठभुमि तथा उमेरका  करिब तीन लाख मानिसमाथि अध्ययन गरिएको थियो । यसमा सामाजिक पृष्ठभूमि राम्रो हुने व्यक्ति स्वास्थ्य एवं आयु लामो भएको पाइएको थियो ।

त्यस्तै, एक्लै बस्ने मानिसको तुलनामा साथीभाई तथा घरपरिवारका साथ समय विताउने मानिसमा जिउँदो रहने सम्भावना डेढ गुणासम्म बढी रहेको पाइएको थियो ।

शोधकर्ता जुलियन टिमथीका अनुसार साथी, सहकर्मी तथा परिवारले हाम्रो स्वास्थ्य तथा जीवनमा विभिन्न तरीकाले सकारात्मक प्रभाव पार्छ ।

‘जब हामी अन्य मानिससित सम्बन्धित हुन्छौ , र उनीहरुप्रति जिम्मेवारीबोध गर्छौ , तब यही भावनाले हामीलाई आˆनो ख्याल राख्न अभिप्रेरित गर्छ र हामी जीवनमा कम जोखिम मोल्न तयार हुन्छौ’, जुलियन भन्छिन् ।

आधुनिक जीवनशैलीका कारण मानिसहरु के सम्म पनि सोच्छन् भने अहिलेको युगमा मानिसलाई आमने सामने बसेर कुराकानी गर्न पनि  खासै जरुरी छैन । जबकी सामाजिक समन्यजस्यता कम हुदाँ मोटोपनाका कारण आयु कम हुने जस्तै मानिसको बाँच्ने आधार पनि कम हुने शोधकर्ताहरुको भनाई छ ।

उनीहरु भन्छन्, आजकलको आधुनिक जीवनशैलीका कारण सामाजिकीकरण हराउँदै गएको छ र मानिस एक्लै हुँदै गइरहेको छ  । मानिसलाई  करियर, परिवार तथा कामको बीचमा तालमेल मिलाउन समस्या भईरहेको छ । जसले गर्दा उनीहरुको आयु समेत कम हुँदै गएको छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment