+
+
Shares

अदालतको कामलाई कुनै शक्तिले प्रभावित पार्न सक्दैन : प्रधानन्याधीश मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १७:२१

५ कात्तिक, बुटवल । प्रधानन्याधीश ओमप्रकाश मिश्रले कुनै पनि बाहृय शक्ति, आन्तरिक शक्ति, प्रलोभन र आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसक्ने बताएका छन् । सत्ता र सरकार बदलिए पनि न्याय क्षेत्र प्रभावित हुन नसक्ने उनको भनाइ छ ।

सोमबार भैरहवामा आयोजित कार्यक्रममा प्रधानन्याधीश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको गुनासो गरे ।

अदालतले गरेको आदेश र फैसालाको २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ । १५ प्रतिशत मुद्धा मात्र अदालतसम्म आउने भन्दै प्रधानन्याधीश मिश्रले समाजमा भएका ८५ प्रतिशत मुद्धा अदालतसम्म ल्याउन मानवअधिकारकर्मी र समाजका अगुवाहरुले सहयोग गर्नुपर्ने बताए ।

गरिबी, अज्ञानता तथा विभिन्न कारणले नागरिकहरु न्याय नपाएरै बसेको भन्दै अन्यायमा परेका नागरिकलाई अदालतसम्म ल्याउन र न्याय दिलाउनु सबैको दायित्व भएको बताए ।

उनले जिल्ला र उच्च अदालतहरुले समयसीमा भित्र मुद्दाहरु फछर्यौट गर्ने गरे पनि न्यायाधीशहरुको अभावमा सर्वोच्च अदालतमा मात्र मुद्दाहरु चाप यथावत रहेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?