+

पीपीएलको टुर्नामेन्ट डाइरेक्टरमा उमेश पट्वाल नियुक्त

२०७५ कात्तिक  ५ गते १८:०७ २०७५ कात्तिक ५ गते १८:०७
पीपीएलको टुर्नामेन्ट डाइरेक्टरमा उमेश पट्वाल नियुक्त

५ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको टुर्नामेन्ट डाइरेक्टरमा उमेश पट्वाल नियुक्त भएका छन् ।

क्विन्स इभेनट्स प्रालीले प्रेस विज्ञप्ति जारी गर्दै उमेश पट्वाललाई टुर्नामेन्ट डाइरेक्टरमा नियुक्त गरेको जानकारी दिएको छ । उमेशले नेपालको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा समेत काम गरिसकेका छन् ।

त्यस्तै, अफगानिस्तानको समेत प्रशिक्षक रहेका उमेश अनुभवी भारतीय क्रिकेटर मानिन्छन् । पीपीएललाई चर्चामा ल्याउन नभई प्रभावकारी तरिकाले आईसीसीकै स्तरको प्रतियोगिता बनाउन उमेशलाई टुर्नानामेन्ट डाइरेक्टर बनाएको प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुदैछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् ।

क्रिकेट पीपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय