Comments Add Comment

क्लब छाड्ने हल्ला चलिरहँदा सान्चेज अभ्यासमा आएनन्

५ कात्तिक, काठमाडौं । स्ट्राइकर एलेक्स सान्चेजले म्यानचेस्टर युनाइटेड छाड्ने हल्ला चलिरहेका बेला सोमबारको अभ्यासमा उनी अनुपस्थित भएका छन् ।

प्रशिक्षक जोस मोउरिन्होसँग असन्तुष्ट रहेकाले सान्चेजले म्यानचेस्टर युनाइटेड छाड्न लागेको र उनका एजेन्टले क्लबहरुसँग कुरा गरिरहेको खबर बाहिरिरहँदा उनी अभ्यासमा पनि देखिएका छैनन् ।

च्याम्पियन्स लिगमा बुधबार राति पौने १ बजे म्यानचेस्टर युनाइटेड र युभेन्टसबीच खेल हुँदै छ । त्यसैका लागि म्यानचेस्टर युनाइटेड अभ्यासमा जुटिरहेको छ ।

प्रिमियर लिगमा खेलेको ७ खेलमा १ मात्रै गोल गरेका सान्चेज अहिले निकै कठिन समयबाट पनि गुजि्ररहेका छन् । यो सिजन पूरा ९० मिनेट उनले एक खेल मात्रै खेलेका छन् ।

सिजनको पहिलो खेलमा लिसेस्टरसँग २-१ ले जितेको खेलपछि सान्चेजको भूमिका घट्दै गएको छ । शनिबार चेल्सीसँग २-२ को बराबरी भएको खेलमा सान्चेजले ५ मिनेटमात्रै खेल्न पाएका थिए ।

च्याम्पियन्स लिगको पहिलो खेलमा योङ ब्वाइजलाई ३-० ले हराएको म्यानचेस्टर युनाइटेडले दोस्रो खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment