Comments Add Comment

नारायणकाजी श्रेष्ठ चीन र कम्बोडिया जाँदै

६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन दिने बैठकमा भाग लिन श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय टोली चीन जान लागेको हो ।

श्रेष्ठले नेतृत्व गर्ने टोलीमा उद्योगी व्यवसायीका साथै प्रदेश सरकारका मन्त्री एवं सांसदसमेत सहभागी छन् । बैठक ३ दिनसम्म चल्ने छ ।
श्रेष्ठको टोली चीन जानुपूर्व मंगलबार बिहानै नेकपाका अर्का नेता एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि चीनतर्फ लागेका छन् । मन्त्री पोखरेल बेइजिङमा आयोजना हुन लागेको बेग्लै कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

ग्वाङझाओमा बीआरआईको कार्यक्रम सकिएपछि नेपाली टोली स्वदेश र्फकने छ । नेकपा प्रवक्ता श्रेष्ठ चाहिँ उतैबाट कम्बोडिया जाने कार्यक्रम छ ।

कम्बोडियाको एक विश्वविद्यालयमा अक्टोबर २७ र २८ तारेखका दिन शान्ति प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रम छ । सो कार्यक्रममा श्रेष्ठले नेपालको माओवादी जनयुद्ध र शान्ति प्रक्रियाबारे मन्तव्य दिनेछन् । कार्यक्रममा नेपाल र कम्बोडियाका नेताहरुले आपसी अनुभव आदान-प्रदान गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले अनलाइनखबरलाई बतायो ।

कम्बोडिया पनि नेपालजस्तै कम्युनिष्टहरुको सशस्त्र संघर्षबाट गुजि्रएको देश हो । त्यहाँ खमेररुजका तर्फबाट पोलपोटले केही समय शासन गरेका थिए । अहिले त्यहाँ राजतन्त्रात्मक शासन व्यवस्था छ ।

कम्बोडियाबारे बुझ्न यो पनि पढ्नुहोस्

कम्बोडिया : हिन्दु, बौद्ध र खमेर भूमि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment