Comments Add Comment

ओल्ड ट्राफर्डमा रोनाल्डोको टोली विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफर्ड फर्किएको खेलमा युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई हराएको छ ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा युभेन्टसले युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो । उसका लागि १७ औं मिनेटमा पाउलो डिबालाले गोल गरे । रोनाल्डोको पासमा उनले गोल गरेका हुन् ।

पहिलो हाफमा इटालियन च्याम्पियनले थुप्रै अवसर पाएको थियो । उसले युनाइटेडको पोष्टमा १० प्रहार समेत गरेको थियो । दोस्रो हाफमा घरेलु टोलीको खेल केही सुधारियो तर, गोलका लागि एक मात्र प्रयास सफलता नजिक पुगेको थियो ।

दुई टिमबीच ७ नोभेम्बरमा अर्को खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment