Comments Add Comment

शाख्तर डोनेस्कलाई हराएपछि ग्वार्डिओलाले भने–हामीले उत्कृष्ट खेल्यौं

काठमाडौं । शाख्तर डोनेस्कमाथि ३–० को जित हात पारेपछि म्यानेचष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टिमले आफ्नो कार्यकालकै उत्कृष्ट फुटबल खेलेको प्रतिक्रिया दिएका छन् ।

शाख्तर डोनेस्कको घरेलु मैदानमा भएको खेलमा सिटीले विपक्षी टोलीलाई सुरुदेखि अन्त्यसम्मै दबावमा राखेको थियो । पहिलो हाफमा डेभिड सिल्भा र एमरिक लोपोर्टले गोल गरे भने दोस्रो हाफमा बर्नान्डो सिल्भाले जित सुनिश्चित गरे ।

२०१६ जुनमा क्लबको प्रशिक्षक बनेका ग्वार्डिओलाले यो जितलाई उत्कृष्ट र अविश्वसनीय भनेका छन् किनकी इंग्लिस क्लबले जर्मन क्लब शाख्तर डोनेस्कलाई उसकै घरेलु मैदानमा हराएको यो पहिलोपटक हो ।

‘पहिलो हाफको खेल म आएपछि हामीले तीन सिजनकै उत्कृष्ट थियो’, उनले भनेका छन्, ‘हामी उत्कृष्ट थियौं र थुप्रै अवसरहरु सृजना गर्‍याैं ।’

म्यानचेष्टर सिटीका लागि ३० औं मिनेटमा सिल्भाले गोल गरेका थिए । पाँच मिनेटपछि लेपोर्टले गोल गरे । पहिलो हाफमा मात्र सिटीले १४ गोल अवसर सृजना गरेको थियो ।

च्याम्पियन्स लिगको पहिलो खेलमा सिटीले लायनसँग २–१ को अप्रत्यासित हात व्यहोरेको थियो । अर्को खेलमा होफेनहाइमलाई २–१ले हराउन सफल भयो ।

‘हामी लायन(हार)बाट मुक्त भयौं र अब बाँकी हाम्रो हातमा छ’, प्रशिक्षक वार्डिओलाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment