+
+
Shares

विराटको शतकसँगै भारतले वेष्ट इन्डिजलाई दियो ३२२ रन लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १८:३५

७ कात्तिक, काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारतले वेष्ट इन्डिजलाई ३२२ रनको चुनौती पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२१ रन बनाउन सक्यो । भारतका लागि कप्तान विराट काहलीले शतकीय पारी खेले । उनले अविजित १५७ रन बनाए ।

उनले १२९ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । कप्तान विराटले शतक मात्रै प्रहार गरेनन् उनले रेकर्ड पनि राखे । क्रिकेटका महान खेलाडी सचिन तेन्डुलकरको १० हजार रनको रेकर्ड तोडे । उनले २०५ इनिङ्समै १० हजार रन पूरा गरेका थिए ।

सचिनले भने २००१ मा २५९ इनिङ्समा १० हजार रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबfती रायडुले ७३ र शिखर धवनले २९ रन बनाएका थिए । यसअघि भएको पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?