Comments Add Comment

ऊर्जामन्त्री पुन सर्विया प्रस्थान

८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन सर्विया सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन् ।

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनलाई मन्त्री पुनले सम्बोधन पनि गर्नेछन् । युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहने सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे गराउने उनको सचिवालयले जनाएको छ ।

त्यसका साथै उनले प्रथम उपप्रधानमन्त्री इभिका डाकिक, ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा समेत बेलग्रेट गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment