Comments Add Comment

राखीको आरोप-‘तनुश्रीले मलाई बलात्कार गरिन्’

झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको छ ।

यही विचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’

राखीले आरोप लगाउँदै भनिन्-‘तुनश्री केटी होइन केटा हुन् । उनी लेजबियन हुन् । उनले बारम्बार नशालु पदार्थ खुवाएर मलाई रेप गरेकी छिन् ।’ तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको भन्दै राखीले उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको बताइन् ।

राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment