+
+
Shares

भारत निकासी गर्न लागेको अवैध मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १३:३६

८ कात्तिक, महोत्तरी । अबैध रूपमा भारत निकासी गर्न लागेको २४ कार्टुन मदिरा महोत्तरी प्रहरीले बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटको गाडीका चालक प्रहरीको गस्ती टोलीलार्इ देखेपछि गाडी नै छोडेर चालक भागेका थिए । उक्त गाडी चेकजाँच गर्दा २४ कार्टुनमा २५० एम.एलको ८०० पिस सोफी (रक्सी) फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्वर नगरपालिका वडा नं. ३ स्थित पर्सापतैलीबाट भारत भिठामोडतर्फ जाँदै गरेको डीएल ३ सीडी २२८७ नम्बरको भारतीय नम्बर प्लेट भएको गाडीमा अबैधरुपमा मदिरा भारततर्फ निकासी गर्न खोज्दा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको गाडी र २४ कार्टुन मदिरा(सोफी रक्सी) आवश्यक कारवाहीको  लागि राजश्व कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खग्रेन्द्र खड्काले जानकारी दिए ।

पछिल्लो केही समय सीमानाकामा भारतको बिहार राज्यबाट मदिरा सेवनकर्ताहरु आउने गरेका छन् । भारतको बिहारमा मदिरा प्रतिबन्धित भएपछि पछिल्लो समय नेपालबाट मदिरा तस्करी हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?