Comments Add Comment

चिनियाँ कलाकृतिको प्रदर्शनीमा केपी अोलीकाे यस्ताे तस्वीर

८ कात्तिक, काठमाडाैं । चीनको हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कं लिद्वारा आयोजित कला प्रदर्शनी बिहीबारबाट काठमाडाैंमा सुरू भएको छ ।

दरवारमार्गस्थित शेर्पा मलमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालमा हाल स्थिरता र शान्तिको अवस्था आएकाले नेपालले चीनसित पनि कला तथा संस्कृतिको आदानप्रदान गर्न चाहेको बताए । उनले दुई देशबीच सम्पर्क सञ्जालको विकासले आपसमा आर्थिक क्रियाकलापसमेत बढ्न गई दुवै देश लाभान्वित हुने बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक दिवाकर राणाले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्दै गएको र यस वर्ष सेप्टेम्बरसम्ममा ९६ हजार चिनियाँले नेपाल भ्रमण गरिसकेको जानकारी दिए ।

कार्यक्रममा चिनियाँ कलाकारहरुले चीनले आफ्ना छिमेकीसँग पनि सांस्कृतिक सम्बन्ध कायम गर्ने सिलसिलामा कलाकारको टोली नेपाल भ्रमणमा आएको बताएका थिए । उनीहरुले चिनियाँ राष्ट्रपतिको एक क्षेत्र एक मार्ग अवधारणाअनुसार संस्कृति, व्यापार तथा कलाले विश्वलाई जोड्ने अवधारणाअनुसार आफूहरु यहाँ आइपुगेको बताए ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ कलाकारहरुद्वारा ‘क्यालिग्राफी’, प्लादो मोडेलिङ, चिनियाँ सेरामिक तथा कागज कलाका विभिन्न किसिमका नमूना राखिएका छन् । कार्यक्रम हुवेई चाङजियाङ पब्लिशिङ एण्ड मेडिया ग्रुप कम्पनी लिमिटेडको आयोजना तथा हुवेई चाङजियाङ चोङवेन इन्टरनेशनल कल्चरल एक्सचेञ्ज कम्पनीको सहआयोजनामा भएको थियो ।

कार्यक्रममा चिनियाँ कलाकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरेको प्रधानमन्त्री ओलीको प्रतिरुप भएको कलाको नमूना कुलपति उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

जिङचु कल्चर टुर अफ् साउथ एशियाअन्तर्गत चिनियाँ कलाकारहरु सियाओ लङ काई, जोङजिन काओ, किमिन चेन, केली कङलगायत हाल नेपालको भ्रमणमा छन् ।

सबै तस्वीर राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment