Comments Add Comment

मुख्यमन्त्री पोखरेलको आग्रह : ब्यापारको नाफा कृषिमा लगाऊ

८ कात्तिक, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यापार व्यवसायबाट आएको आम्दानीको निश्चित हिस्सा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण विना समग्र आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने मुख्यमन्त्री पोखरेलले बताए ।

सैनामैना व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले किसानको जीवनस्तर माथि नउठेसम्म र खर्च गर्ने क्षमता नबढेसम्म ब्यापार, व्यवसाय फस्टाउन नसक्ने भएकाले कृषिमा उद्योगी व्यवसायीले लगानी गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पोखरेलले आवासीय भवन जस्ता अनुपात्दक क्षेत्रमा फजुल खर्च कम गरेर कृषि क्षेत्रमा लगानि वृद्धि गर्न पनि आग्रह गरे ।

अमेरिकालगायत विकसित देशमा आवासीय व्यक्तिगत भवन दुईतला भन्दा बढीको नहुने उदाहरण दिंदै नेपालीहरुमा ठूलो घर बनाएर शान देखाउने गलत परिपाटी रहेको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव दिए ।

महोत्सव उद्घाटन समारोहमा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, प्रदेश सभा सदस्य फकरुद्दिन खाँ, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री लगायतले बोल्दै मेला महोत्सवले कृषकहरुलाई प्रोत्साहन गनुपर्नेर् बताए ।

‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायीक हितसँगै सामाजिक एकता’ भन्ने मूल नाराका साथमा सुरु भएको महोत्सव यही कार्तिक १८ गते सम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment