+
+

 प्रचण्ड दिल्ली प्रस्थान, अाजै स्वदेश फर्कने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १०:२२

९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताएका छन् ।

इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताएका हुन् ।

कार्यक्रममा  प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा समेत मन्तव्य दिने कार्यक्रम छ ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुंगो लागेको थियो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा निम्त्याइएको भए पनि उनी नजाने भएपछि प्रचण्ड त्यसमा सहभागी हुन शुक्रबार त्यसतर्फ गएका हुन् ।

यसपटकको भारत भ्रमणमा राजनीतिक भेटघाट भने नहुने प्रचण्डले बताए ।

बैठकको सम्बोधन सकाएर प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?