काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि होडमा पाँच क्लब रहेको बताएका छन् ।
लिगका सबै टिमले ९ खेल खेल्दा डिफेण्डिङ च्याम्पियन सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान अंक छ भने चेल्सी, आर्सनल र टोटनहृयामको मात्र २ अंक कम छ ।
पाँच क्लब उपाधि होडमा हुन् भन्ने प्रश्नमा ग्वार्डिओलाले भने, ‘यसमा मलाई कुनै शंका छैन ।’
उनले अघि भने, ‘शीर्ष ५ क्लबको बीचमा जम्मा २ अंकको फरक छ । यो बलियो -अग्रता) होइन ।’
सिटीले सोमबार पाँचौं स्थानमा रहेको टोटनहृयामसँग खेल्दैछ । उनले भने, ‘गत सिजन हामीले दुबै खेलमा राम्रो गर्यौं । तर, टोटनहृयाम टप टिम हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4