Comments Add Comment

सोमपालको टिमसँग पारस नेतृत्वको चितवन राइनोज पराजित

१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । सोमपाली कामी कप्तान रहेको बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो ।

सोमपाल कामीले चार, ललित भण्डारीले दुई, रोहन मुस्तफाले एक विकेट झारेका थिए ।

पारसले टिमका लागि सर्वाधिक १० रन बनाउन सके । सन्नी पटेलले ९ र करण केसीले ७ रन बटुले । स्मिथ पटेलले दुई र हरिशंकर साह १ रन जोडे । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भए ।

बुटवलको पनि खराब शुरुआत थियो । विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।

यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment