+

पीपीएल : बुटवलले पोखरालाई दियो १५१ रनको लक्ष्य (लाइभ)

२०७५ कात्तिक  ११ गते १३:३० २०७५ कात्तिक ११ गते १३:३०
पीपीएल : बुटवलले पोखरालाई दियो १५१ रनको लक्ष्य (लाइभ)

११ कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको हो ।

बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसकेपनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एक/एक विकेट लिए ।

केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्ने छ ।

हेर्नुस् लाइभ

क्रिकेट पीपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय