Comments Add Comment

रंगशाला र सिटी हल दुबै बन्छ, प्रधानमन्त्रीले घोषणा गर्दिनुस् भन्नुभा’छ : प्रचण्ड

११ कात्तिक, चितवन । भरतपुर महानगरपालिकाले सिटी हल र क्रिकेट रंगशाला निर्माणका लागि जग्गाको टुंगो लगाउन खोजेको धेरै भयो । तर, अहिलेसम्म यसको निधो नहुँदा महानगरका महत्वकाक्षी परियोजना अलपत्र जस्तै छ ।

महानगरले सिटी हल बनाउन खोजेको क्यान्सर अस्पतालको जग्गामा कांग्रेसको विरोध कायमै छ भने रंगशालामा त्रिवि र एएफयूको जग्गा विवाद छ । यसको दबाव मेयर रेनु दाहाल मात्र होइन, उनका पिता एवं चितवन निर्वाचन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डलाई समेत परेको छ ।

दुवै परियोजना प्रचण्डको निर्वाचन क्षेत्रमा निर्माण गर्ने भएकाले प्रतिष्ठाकै बिषय पनि बनेको छ ।

आइतबार पार्टी महासचिव विष्णु पौडेलसहित चितवन आएका प्रचण्डले भरतपुर महानगरपालिकाको कार्यक्रममा सिटी हल र रंगशाला दुबै बन्ने पक्का भएको बताए ।

‘चियापान सकाएर प्रधानमन्त्रीसँग भेट्न बालुवाटार गएँ । प्रधानमन्त्रीसँग भरतपुरमा सिटी हल र क्रिकेट रंगशाला बनाउने विषयमा भएका प्रयास, यहाँको वस्तुस्थिति, मलाई दिइएको जिम्मेवारी, राजनीतिक दलहरुको भूमिका लगायतका विषयमा जानकारी गराएँ, मेरो कुरा सुनेपछि प्रधानमन्त्रीजीले दुवै संरचना निर्माण गरिने घोषणा गर्दिनुस् भन्नुभा’छ । अब समस्या छैन ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले सिटी हल कहाँ बन्छ भन्ने चाहिँ खुलाएनन् ।

चितवनसम्म पाइपलाइनबाटै तेल ल्याउने काम समेत अगाडि बढिरहेको जानकारी प्रचण्डले दिए । चीन र भारतलाई जोड्ने सवैभन्दा छोटो दूरीको ठोरी केरुङ मार्गलाई विस्तार गरि सञ्चालनमा ल्याउनेबारे भारतका प्रधानमन्त्री र चिनियाँ अधिकारीहरुसँग गम्भिर छलफल भएको दाबी अध्यक्ष प्रचण्डको छ ।

काठमाडौंभन्दा भरतपुर उत्कृष्ट बन्छ : पौडेल

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले भरतपुर देशकै नमुना महानगर बन्ने दाबी गरे ।

काठमाडौं महानगरपालिका भन्दा पनि भरतपुर उत्कृष्ट बन्न सक्ने उनले बताए । ‘म पनि यहिको बाटो भएर हिड्छु, हाम्रा लागि समेत अनुकरणीय हुने गरि महानगरले काम गर्छ भन्ने मलाई विश्वास छ’ महासचिव पौडेलले भने, ‘भरतपुर महानगरको विकास प्रयासमा म आफ्नो ठाँउबाट सकेको सहयोग गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment