+
+

कार्यकर्तालाई प्रचण्डको आग्रह : आफैंभित्रको मैलो सफा गरौं

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १७:५६

११, कात्तिक, चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै‌ंभित्रको मैलो सफा गर्न सके नेकपालाई कसैले कमजोर बनाउन नसक्ने दावी गरेका छन् ।

आइतबार भरतपुरमा नेकपाले गरेको चियापान कार्यक्रममा उनले पार्टीभित्रको अन्तर्कलहलाई व्यवस्थापन गर्नुपर्ने चुनौती ठूलो रहेको संकेत गरे । उनले पार्टीभित्रको गलत सोच र प्रवृत्तिले पार्टी कमजोर हुने सक्ने खतरा रहेको बताए ।

उनले आफू कहाँ पर्छु भनेर सोच्न भन्दा पनि कसरी पार्टीलाई बलियो बनाउन सकिन्छ, मैले के त्याग गर्ने भन्ने मात्रै सोच्न कार्यकर्तालाई आग्रह गरे । ‘अहिले हामी विशेष परिस्थितिमा छौं, देशमा ऐतिहासिक परिवर्तन पछि महत्वपूर्ण उपलब्धी हात लागेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई जोगाउन हरेक नेता कार्यकर्ताले ध्यान दिनुपर्दछ यो सम्वेदनशील परिस्थिति हो ।’

पार्टी एकतालाई चाडै नै तल्लो तहसम्म ल्याउने गरी कामअघि बढेको भन्दै कार्यकर्तालाई आशावादी हुन प्रचण्डले आग्रह गरे । एमाले र माओवादी चुनावी गठवन्धनदेखि नै देशी विदेशी शक्तिहरु यसलाई भाँड्न लागेको उनले आरोप लगाए ।

उनले पार्टीलाई एक हुन नदिन देश भित्र र बाहिर ठूलो शक्ति लागेको उल्लेख गर्दै सामान्य कुरामा विवाद गर्नु नहुनेमा जोड दिए ।

सरकारले ठूला पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेकोले जनताले अपेक्षा गरे अनुसारको नतिजा नआएको भन्दै प्रचण्डले सरकारको बचाउ गरे ।

‘असोज ३ गतेसम्म कानुन निर्माणमा नै सरकारको ध्यान गएको थियो, सम्वैधानिक संकटलाई सरकारले टार्‍यो’ अध्यक्ष प्रचण्डले भने, ‘अबको केही बर्षमा नै नेपालको अहिलेको आर्थिक चित्र नै बदलिन्छ, ८/१० बर्ष बाँच्नेले यो सबै देख्न सक्छन् । पूर्वाधार निर्माणमा सरकार लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?