Comments Add Comment

अक्टोबर ३० मा एप्पलको आइप्याड र म्याक

अमेरिकी कम्पनी एप्पलले आगामी मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ ।

ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ ।

उक्त कार्यक्रमका लागि एप्पलले दुईवटा निम्तो पठाएको छ । त्यसमध्ये एउटा मानिस, भवन तथा अन्य वस्तुका स्केचहरु सम्मिलित रंगीन निम्तो छ, जसले सम्भवतः एप्पल पेन्सिल तथा अन्य कलात्मक फिचर्सलाई संकेत गरेको छ ।

त्यस्तै अर्को श्यामश्वेत निम्तोमा पानीका थोपाको आकृति छ, जसको अर्थ नयाँ आइप्याड पानी प्रतिरोधी रहेको भन्ने बुझिएको छ ।

एप्पलले ल्याउने नयाँ आइप्याड प्रोमा यसअघिको मोडेलमा भन्दा ठूलो डिस्प्ले हुने र टच आइडी फिंगरप्रिन्ट सेन्सिङ होम बटन नहुने बताइएको छ । यस आइप्याडमा पनि त्यसको साटो फेस आइडी नाम फेसियल रिकग्नीसन टेक्नोलोजी हुनेछ ।

नयाँ आइप्याण्डमा युएसबी सी कनेक्टिभिटीका साथै अपडेटेड एप्पल पेन्सिल फिचर रहनेछ ।

आइप्याडसँगै एप्पलले यसको आउटडेटेड म्याकबुक एयरको नयाँ संस्करण पनि प्रस्तुत गर्ने बताइएको छ ।

गत सेप्टेम्बरमा मात्रै एप्पलले नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स, तथा एक्स आर सार्वजनिक गरेको थियो ।

पछिल्ला वर्षहरुमा तिव्रतर प्रगति गरिरहेको एप्पल कम्पनी गत अगष्टमा अमेरिकाको पहिलो ट्रिलियन डलर कम्पनी बनेको थियो ।

एप्पल कम्पनीको कूल आम्दानीको दुई तिहाई हिस्सा यसका आइफाेन तथा आइप्याडलगायतका डिभाइसबाटै हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment