Comments Add Comment

रोग पत्ता नलागेपछि मुख्यमन्त्री राई बैंकक जाँदै

१२ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालबाट नभएपछि बैंकक जाने भएका छन् ।

विगत १ वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका मुख्यमन्त्री राई कात्तिक १७ गते बैंकक जान लागेका हुन् ।

प्रदेश १ को मन्त्रिपरिषदको सोमवार बसेको बैठकले मुख्यमन्त्रीको बैंकक भ्रमण स्वीकृत गरेको छ । स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै राईले सरकारको एक पैसा पनि नलिने अनलाइनखबरलाई बताए ।

उनले भने, ‘म निजी खर्चमा तिहार बिदाको बेला पारेर उपचारका लागि जान लागेको हुँ । नेपालमा धेरै ठाउँमा देखाउँदा पनि रोग पहिचान हुन नसकेकाले चिकित्सकहरुकै सल्लाहमा बैंकक जाने तय भएको हो ।’

मुख्यमन्त्री राईमा गर्धन हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् । सबैखाले उपचारबाट सुधार नभएकाले रोग पहिचानका लागि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटल रोजेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा अाेलीले नियमित स्वास्थ्य परीक्षण यही गराउँदै अाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment