Comments Add Comment

किन बन्द भयो २१ वर्ष पुरानो ‘सीआईडी’ ?

भारतीय टिभी च्यानल सोनीमा प्रशारण हुने क्राइम बेस्ड सिरियल ‘सीआईडी’ २१ वर्षपछि बन्द भएको छ । यो मेगा सिरियल नेपालमा समेत निकै हेरिन्थ्यो ।

कार्यक्रमका प्रोड्युसरले सीआईडी बन्द भएको औपचारिक घोषणा गरेका हुन् । उनले कुनै कारण भने खुलाएका छैनन् । तर, कार्यक्रम अत्यधिक पुरानो भएको र टीआरपी खस्किदै गएपछि बन्द गर्ने निर्णय लिइएको बुझिएको छ ।

यो कार्यक्रम बच्चाहरुले पनि निकै मन पराएर हेर्ने गर्थे । अपराधिक घटनाको अनुसन्धानका क्रममा देखाइने अतिरञ्जित र नाटकीय मोडहरु प्रबुद्ध दर्शकले पचाउने खालको भने थिएन । लामो समयसम्म एकै किसिमको प्रस्तुतिले दर्शक मोनोटोनस पनि भइरहेका थिए ।

तर, कार्यक्रम बन्द गर्ने निर्णयबाट यसका फ्यानहरु भने क्षुब्द भएका छन् । सामाजिक सञ्जालमा सोनी च्यानलको निकै आलोचना भइरहेको छ । सीआईडीले नै सोनीलाई स्थापित गराएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यसलाई फिर्ता ल्याउन माग गरेका छन् ।

यसैबीच सिरियलमा ‘दया’ को भुमिकामा अभिनय गर्दै आएका दयानन्द सेट्टीले एक अन्तरवार्तामा लोकपि्रय हुँदा हुँदै पनि कार्यक्रम बन्द गरिएको भन्दै असन्तुष्टी पोखेका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हाम्रो कार्यक्रम बच्चादेखि बुढासम्मले मन पराउँथे । सोनीको अरु कार्यक्रमको तुलनामा यसको टीआरपी त्यति गएगुज्रेको पनि थिएन । तर, यो बन्द हुँदा धेरै दर्शक निराश भएका छन् ।’

उनले ‘सीआईडी रिटन्र्स’ आउने सम्भावना न्यून रहेको बताए । ‘कम्तिमा सोनी टेलिभिजनमा त आउँदैन । अर्को टेलिभिजनमा नयाँ खालको कार्यक्रम लिएर आउन सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment