Comments Add Comment

ठेकदारले समयमै काम सम्पन्न नगर्दा हामीले गाली खानुपर्‍योः मेयर शाक्य

१२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठेकदारले समयमै काम सम्पन्न नगर्दा महानगपालिकाले गाली खानु परेको गुनासो गरेका छन् ।

हनुमानढोका नजिकैको कुमारीघर र काष्ठमाण्डपकै आसपासमा रहेको माजु देवलको पुनर्निर्माण कार्य शुभारम्भ गर्दै मेयर शाक्यले समयमै काम सम्पन्न गर्ने ठेकदारलाई निर्देशन समेत दिए । ‘हिजो जे-जस्तो अवस्था रहेपनि अब त्यस्तो हुँदैन,’ उनले ठेकदारप्रति लक्षित गर्दै भने, ‘अबका दिनमा हामीले त्यस्तो सुन्नु नपरोस् ।’

मेयर शाक्यले महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणमा कसैसँग सहयोग नमाग्ने पनि बताए । ‘हामीलाई पैसाको कुनै समस्या छैन,’ उनले भने, ‘काम समयमा सम्पन्न हुनुपर्‍यो ।’

पुनर्निर्माणका लागि महानगरपालिकाले चासो देखाएसँगै पुनर्निर्माणको कामले गति लिएको मेयर शाक्यको छ ।

मेयर शाक्यले माजु देवल, काष्ठमाण्डप पुर्नःनिर्माणको काम कुना-काप्चाको नभएको सबैको धार्मिक आस्थाको देवल भएकाले पनि सबैले देख्ने हुनाले निर्धारित समयमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको रहेको बताए ।

उले काठमाडौँ महानगरपालिका भित्र अमूल्य सम्पदा रहेका भन्दै त्यसको संरक्षण र पुनर्निर्माणको दायित्व पनि महानगरपालिकाकै रहेको बताए ।

अहिले पनि महानगरपालिकाले सम्पदा पुनर्निर्माणसँगै भित्री सहरमा बाटो पिच गर्ने, कतै ढलान गर्ने, ब्लक र ढुंगा छाप्ने जस्ता काम गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले पनि आफूहरुले विदा लिने बेलामा महानगरपालिका भित्रका सबै सम्पदा पुर्नःनिर्माण सम्पन्न गरेर जाने बताइन् ।

कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले पनि सम्पदा पुनर्निर्माणको कामले गति लिने बताए ।

माजु देवल पुनर्निर्माणका लागि भ्याट र कन्टिजेन्सीबाहेक ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसा लागत अनुमान गरिएको थियो ।

माजु देवल पुनर्निर्माणका लागि प्राकृतिक सानु सुवाल जेभी (संयुक्त उपक्रम)ले दुई वर्षमा पूरा गर्ने गरी भ्याटबाहेक ५ करोड ४९ लाख ३५ हजार २०६ रुपैयाँ ९७ पैसामा ठेक्का लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment