Comments Add Comment

पुस १ देखि उदयपुरमा पर्यटन महोत्सव, जलबिहार र क्यानोनिङ मुख्य आकर्षण

१२ कात्तिक, काठमाडौं । आगामी पुस १ गतेदेखि उदयपुरको बेलका नगरपालिकामा मैनामैनी पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

नगरपालिका ७ मा सात दिनसम्म चल्ने गरी महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।

मैनाराजा, मैनारानीको पहिचान बोकेको वेलकाको मैनामैनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मेयर थापाले बताए । मेयर थापाका अनुसार महोत्सवमा सप्तकोशीमा जलबिहार, जंगल सफारी तथा क्यानोनिङ मुख्य आकर्षणको रुपमा रहनेछन् ।

महोत्सवमा चम्पाकोटबाट प्याराग्लाइडिङ, पुष्पवृष्टि, दैनिक र्‍याˆटिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनाइएको मेयर थापाले बताए ।

यसैगरी महोत्सवमा ढिडो-सिस्नोलगायतका खानाका परिकारहरुको समेत स्वाद लिन पाइने छ । महोत्सवस्थल मैनामैनीबाट चर्चित बराहक्षेत्र मन्दिर, चतराधाम, टंकेला गुफा, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतको अवलोकन गर्न पाइनेछ ।

महोत्सवमा स्थानीय मौलिक खानेकुरादेखि लिएर मौलिक सांस्कृतिक झाँकी प्रर्दशनसमेत हुने वडा नं ७ का वडाध्यक्ष सुरेन्ऽ राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment