+
+
Shares

प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगे देउवा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १८:२७

१२ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुगेका थिए । आफूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको उनले पत्रकारहरुलाई बताए ।

ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ ।

यद्यपि रिपोर्टहरुमा सुधार देखिएको र स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?