+
+
Shares

लोपेटेगीलाई हटाएर कोन्टेलाई प्रशिक्षक बनाउने रियलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १८:५२

१२ कात्तिक, काठमाडौं । लगातारको खराब प्रदर्शनपछि स्पेनिस क्लब रियल मड्रिडले यसै सिजन क्लब सम्हालेका प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेर एन्टोनियो कोन्टेलाई ल्याउने तयारी थालेको छ ।

आइतबार बार्सिलोनासँगको खराब हारपछि ला लिगामा नवौं स्थानमा पुगेको रियल मड्रिडले स्पेनका पूर्व प्रशिक्षक लोपेटेगीलाई हटाउन लागेको हो ।

लोपेटेगीको स्थानमा आउने प्रशिक्षक पक्का भएपछि उनलाई हटाएको निर्णय मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गर्नेछन् । रसिया विश्वकप सुरु हुनु दुई दिनअघि जानकारी नदिई रियल मड्रिड गएपछि लोपेटेगीलाई स्पेनले हटाएको थियो ।

लोपेटेगीलाई गएको हप्ता नै हटाउने तयारी गरिएको भए पनि च्याम्पियन्स लिगमा प्लेजेनसँगको जितपछि एल क्लासिकोसम्म कुर्ने निर्णय मड्रिडले गरेको थियो ।

रियल मड्रिडले ल्याउने तयारी गरेको प्रशिक्षक कोन्ट इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक हुन् । २०१६ देखि ०१८ सम्म चेल्सी सम्हालेका उनले त्यसअघि इटालीको राष्ट्रिय टिम साथै युभेन्टसमा पनि प्रशिक्षक भएर काम गरिसकेका छन् ।

४९ वर्षका कोन्टेलाई दुई वर्षको सम्झौता गरेर ल्याउने तयारी भइरहेको छ । कोन्टेले चेल्सीसँग केही कानुनी पाटो मिलाउन बाँकी रहेको बताइएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?