Comments Add Comment

कपाललाई मुलायम, चम्किलो र बलियो बनाउन के गर्ने ?

कपाललाई स्वस्थ एंव तन्दुरुस्त राख्नका लागि हामी यसको सरसफाईदेखि आवश्यक उपचारसम्ममा ध्यान दिन्छौं । कपाललाई स्वस्थ तथा तन्दुरुस्त राख्न कपालमा स्याम्पू तथा कन्डिसनर गर्ने विधी आम हो ।

स्याम्पू तथा कन्डिसनर गरेपछि हामी के सोच्छौ भने, हाम्रो कपाल  नरम, मुलायम तथा सिल्की हुन जरुरी छ । जबकी जुनसुकै व्युटी प्रोडक्टले तबसम्म राम्रो नतिजा दिँदैन, जबसम्म हामी त्यसलाई सही तरीकाले प्रयोग गर्न जान्दैनौं । कपालमा प्रयोग गरिने स्याम्पू तथा कन्डिसनमा पनि यही कुरा लागू हुन्छ ।

विशेषगरी कपालमा कन्डिशनरको प्रयोग गर्दा सही तरीकाले प्रयोग गर्न आवश्यक छ । खासगरी, कुनै पनि कपालमा कन्डिशनरको प्रयोग गर्दा पुरा कपालमा यसको प्रयोग गर्नुको सट्टा कपालको निश्चित भागमा लगाउनु पर्छ । र, कपालको टुप्पोलाई ध्यानमा राखेर लगाउनु पर्छ । किनकी धुलो, धूँवा, प्रदुषण तथा घामको कारण यो भाग धेरै रुखो हुने भएकोले यस भागमा पोषणको आवश्यकता धेरै पर्छ ।

जबकी कपालको जरामा कहिल्यै पनि कन्डिशनरको प्रयोग गर्नु हुँदैन ।

अर्को कुरा, कपालमा सधैभरी कन्डिशनरको प्रयोग गर्न जरुरी हुँदैन । कहिले काहीँ विना कन्डिशनर पनि कपाललाई राम्ररी सफा गर्न सकिन्छ । यद्यपी कन्डिशनरले कपाललाई पोषण प्रदान गरी चम्किलो तथा नरम बनाउने गर्दछ । यसले गर्दा कन्डिशनर गरेको कपाल कोर्न सजिलो हुनुका साथै कपाल पनि कम झर्ने तथा टुक्रने गर्दछ ।

तर कुनै पनि ब्राण्डको कन्डिनर प्रयोग गर्दा यसको परिणाममा भने अवश्य ध्यान दिन जरुरी छ । किनकी पर्याप्त मात्रामा कन्डिशनरको प्रयोग गर्दैमा कपाल राम्रो हुँदैन । बरु उक्त कन्डिशनरलाई पखाल्नमा समय लाग्न सक्छ ।

हेयर स्टाइलिस्टहरुको भनाईमा कपाललाई कन्डिसनर गर्दा सबैभन्दा पहिले कपालमा स्याम्पू लगाएर सुख्खा बनाएपछि मात्र त्यसमा कन्डिसनर लगाउनु पर्छ । त्यस्तै, कपालमा कन्डिसनर गर्दा चिसो कपालमा  गर्नु हुँदैन । साथै, कपालको जरामा पनि कन्डिशनर लगाउँनु हुँदैन ।

किनकी कन्डिशनरको काम जरालाई पोषण दिनु नभएर कपालको लम्बाई तथा टुप्पामा आवश्यक पोषण प्रदान गर्नु हो ।  त्यसैले प्रत्येक पलट कन्डिशनरको प्रयोग गर्दा सानो सिक्का बारबरको कन्डिशनरलाई हातमा लगाएर औलाको सहायताले त्यसलाई कपालको जडाभन्दा एक इन्च तलबाट लगाउन सुरु गर्नु पर्छ । र कम्तीमा तीन देखि पाँच मिनेट राखेर मात्र धुनुपर्छ । यसले कपाललाई पोषण प्रदान गर्नुका साथै कपाललाई राम्ररी मोइस्चराइज गरोस् ।

तर कयौ मानिसहरुले कन्डिशनरको सही प्रयोग नजानेकै कारण स्याम्पू गर्नसाथ कपालमा कन्डिशनर लगाएर तुरुन्तै धुने गर्छन् । जसले न त कपाल चम्किलो तथा नरम नै हुन्छ,  न त कपाललाई आवश्यक पोषण प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment