Comments Add Comment

हेटौंडा औद्योगिक क्षेत्रका २७ उद्योग कारवाहीको दायरामा

१३ कात्तिक, काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरित उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारवाहीको प्रकृया अघि बढाएको छ ।

व्यवस्थापन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरित उद्योग सञ्चालन गर्ने ५ वटा उद्योगलाई जरीवाना सहितको कारवाही र वर्षौंदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्द गर्ने सम्मको कारवाहीको प्रकृया अघि बढाएको हो ।

दर्ता समयमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर उद्योग सञ्चालन गर्ने भविश्य मैदा मिल, सुजल डेरी ईन्डष्ट्रिज, सुजल फुड प्राली, बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ ।

यस्तै त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार रुपियाँ जरीवाना गरिएको कार्यालय प्रमुख नेपालभुषण वैद्यले जानकारी दिए ।

वैैद्यका अनुसार कारवाहीमा परेका उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

यसैगरी कार्यालयले वषौर्ंदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधार समेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न भनेको छ ।

उक्त समयसीमा भित्र ती औद्योगिक प्रतिष्ठानले काम नगरे सम्झौता रद्द हुनेगरी कारवाही गरिने हेटौंडा कार्यालयका प्रमुख उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment